सानो जलेवा । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको सानो जलेवा (लिटिल कर्मोरेन्ट)। २५० मिटरको उचाइसम्म पाइने सानो जलेवाले नदी, ताल, पोखरीमा रहेका माछा आहारको रूपमा खाने गर्दछ। तस्बिर: नवीन गड्तौला/ रासस
जुम्लाको रारा गाउँ । जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा गाउँ। सो गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको स्थानीय बताउँछन्। तस्बिर: विजय रावत /रासस
मुस्ताङको गुरू पेमालिङ गुम्बा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित गुरू पेमालिङ गुम्बा र पृष्ठभूमिमा मुक्तिनाथ मन्दिर। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र यस गुम्बामा आन्तरिक तथा बाह्य पर्यटकहरु पूजाआजा गर्नका लागि जाने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
शिलापत्र अनावरण । पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको संयुक्त रूपमा शिलापत्र अनावरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत। सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस