प्रहरीलाई फूल । राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गर्दै गर्दा प्रदर्शनमा सहभागी एकजनाले प्रहरीलाई फुल दिएकी थिइन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
निषेधित क्षेत्रतर्फ अघि बढ्दै । आइतबार राप्रपाले निषेधित क्षेत्र तोड्ने घोषणा गरेर काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेको छ। निषेधित क्षेत्र तोड्नका लागि बिजुलीबजार पुलबाट अघि बढ्दै नेता कार्यकर्ताहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
कोइली । शुक्लाफाँटा नगरपालिका–२ को सनबोरा नदी किनाराको वन क्षेत्रको रुखमा बसेको कोहो कोइली। यो कोइली समुन्द्र सतहबाट ७५ देखि एक हजार आठ सय मिटरको उचाईसम्म पाइन्छ। वनकुञ्ज र बगैंचा क्षेत्रमा पाइने यस चराले आफ्नो गुँड भने बनाउँदैन। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस।
घट्टेखोलाको बेलिब्रिज । मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोलामा अवस्थित बेलिब्रिजमा गुडिरहेको बस । पछिल्लो समय घट्टे खोलामाथि अवस्थित बेलिब्रिजमा क्षमताभन्दा दुई गुणाभारी सवारीसाधन गुडाउँदा दिनानुदिन जीर्ण बन्दै गएको छ । तस्बिरः सुशीलबाबू थकाली/रासस
रोपाइँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान खेतमा चैते धान रोप्दै । छोटो अवधिमै पाक्ने र धेरै प्रतिफल दिने हुँदा चैते धान खेतीप्रति किसानको आकर्षण बढेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
नाम्चे बजार । हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार । खुम्बु क्षेत्र समुद्री सतहदेखि तीन हजार ४४० मिटरको उचाईमा अवस्थित छ । सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजारलाई चिनिने गरिन्छ । तस्बिरः विष्णु कल्पित/रासस
खादबारी-किमाथांका सडक । राष्ट्रिय गौरवको उत्तर दक्षिण खण्डअन्तर्गत सङ्खुवासभा चिचिला गाउँपालिकामा पर्ने खादबारी–किमाथाङ्का सडक । तस्बिरः भविन कार्की/रासस