ज्याकराण्डाको बैजनी बहार । ज्याकराण्डा फुलेपछि काठमाडौंमा बैजनी बहार छाएको छ। सडक किनार र फुटपाथमा बोटबाट झरेका फूलहरू असरल्ल छरिएका देखिन्छन्। उधुम गर्मीमा दिक्क बनाएको बेला ढकमक्क फुलेका फुलहरू हेर्दा हृदयलाई शीतलता प्रदान गर्छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
दाउराको कुनिउँ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकस्थित एउटा घरमा कुनिउँ लगाएर राखिएको दाउरा। तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुदीप न्यौपानेको हत्या घटनाको विरोध । भारतको जम्मू-कश्मिरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको हत्याको विरोधमा शनिबार युवाहरूले पाकिस्तानी राजदूतावासअगाडि विरोध प्रदर्शन गरेका छन्। तस्बिरः न्युज एजेन्सी नेपाल।
फर्सीका विरूवा । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा तरकारीका लागि लगाइएका फर्सीका बिरुवा । तस्बिर :हरिराम भेटुवालर रासस
तेह्रकुने पोखरी । माई नगरपालिका-१ स्थित पर्यटकीयस्थल तेह्रकुने पोखरी । तेह्रवटा कुनामा फैलिएको पोखरीमा डुङ्गा सयर गर्न, वरिपरि पदयात्रा गर्न पर्यटकहरु आउने गर्दछन् । तस्बिर: मनोज अधिकारी/रासस
त्रिशुली नदीको सङ्गमस्थल । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मादीसेती र त्रिसुली नदीको सङ्गमस्थल गाईघाट र मुग्लिन–नारायणगढ सडक। तस्बिरः मिला दरै/रासस