ताप्लेजुङको सिदिङवा डाँडा । ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ स्थित थामडाँडाबाट देखिएको ऐतिहासिक सिदिङवा डाँडा। जनविश्वास अनुसार परापूर्वकालमा यही डाँडामा सिङ्गे ऋषिले तपस्या गरेका थिए। हाल यो डाँडा (सिदिङवा धाम) को रूपमा भक्तजनले पूजाआजा गर्ने तीर्थस्थल बनेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
मादी उपत्यका । तनहुँको व्यास नगरपालिका–४ स्थित मादी नदी उपत्यका र वडा नम्बर १० को वैरेनी जाने बाटोको दृश्य। तस्बिरः कृष्ण न्यौपाने/रासस
तुम्लिङटार विमानस्थल । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र। तस्बिर: सुजन बज्राचार्य/रासस
मह शिकार । म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरीयाको महभिरमा महशिकार गर्दै महशिकारी। म्याग्दीमा यसपालि भिरमह उत्पादन घटेको महशिकारी बताउँछन्। तस्बिर: सन्तोष गौतम/रासस
नमूना विपद् उद्धार अभ्यास । सर्लाही र रौतहटको सिमाना चन्द्रपुर नगरपालिका-१, नुनथरस्थित बागमती नदीमा नेपाली सेनाको मध्य पूर्वी पृतनाको आयोजनामा सञ्चालित नमूना विपद् प्रतिकार्य अभ्यास गर्दै सुरक्षाकर्मीहरू। तस्बिर: सिङ्घबहादुर थापा/रासस