आजका तस्बिर- जेठ २०
आजका तस्बिर- जेठ २०
हेलिप्याड हस्तान्तरण ।  अछाम जिल्लामा नेपाली सेनाको गोरख बक्स गणले निर्माण गरेको हेलिप्याड। सो गाउँपालिकाको आर्थिक सहयोग, गोरख बक्स गणको प्राविधिक सहयोग र सैनिकको श्रमदानबाट निर्माण गरिएको हेलिप्याड बान्निगढी जयगढ गाउँपालिका अछामलाई हिजो हस्तान्तरण गरेको हो। तस्बिरः सुशील भण्डारी/रासस
आजका तस्बिर- जेठ २०
विष्णु पादुका मन्दिर ।  हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर परिसरमा अवस्थित विष्णु पादुका मन्दिर र आसपासको क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- जेठ २०
संग्रहालयमा शालिग्राम ।  बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालिग्राम संग्रहालयमा संग्रह गरिएको लोपोन्मुख शालिग्राम शिला। कालीगण्डकी नदीमा पाइने सवा लाख शालिग्राम शिला भूमिगत संग्रहालयमा संग्रह गरिएको छ। तस्बिरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्