अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरू। पछिल्लो समय अन्नपूर्ण आधार शिविरमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ। तस्बिर: कमल खत्री/रासस
जोर पोखरी । पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको पर्यटकीय स्थल जोरपोखरी । झापाको बिर्तामोडबाट इलाम, फिदिम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले छोएका कारण यहाँ सहजै पुग्न सकिन्छ। तस्बिर : रवीन्द्र काफ्ले/रासस
सल्यानको कुपिन्डे दह । सल्यानको वनगाड कुपिन्डे नगरपालिका-८ स्थित पर्यटकीय क्षेत्र कुपिन्डे दह। कुपिण्डे दह हेर्न आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दो छ। तस्बिरः सुरेश आचार्य/रासस
नाग पहाडसँगै गुफा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१, लुढाक गाउँ नजिकै अवस्थित नाग पहाड र गुफा। स्थानीय भाषामा लु भनेको नाग र ढाक भनेको पहाड भन्ने बुझिन्छ। परापूर्व कालमा यस स्थानमा नाग र भूतप्रेतको बासस्थान रहेको भन्ने भनाइ छ। यहाँ बर्सेनि स्थानीयले नागको पूजा र पूजापाठ गर्ने छन्। मुस्ताङ घुम्न आएका विदेशी पर्यटक यस गुफामा ध्यान योग पनि गर्ने गर्छन्। तस्बिरः सुन्दरकुमार थकाली/रासस