धानफाँट । तनहुँको व्यास नगरपालिका–५ साँगेस्थित हरियाली धानफाँट। साँगे धान खेतीका लागि उपयुक्त रहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
टनेलमा खेती । काठमाडौं तारकेश्वर नगरपालिका-२ स्थित पदमसालमा किसानले प्लास्टिकका टनेलमा व्यावसायिक रूपमा गरेको तरकारी खेती। तस्बिर: हरिराम भेटुवाल/रासस
कालीगण्डकी । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोम बजार नजिकै रहेको कालीगण्डकी नदीको बगर तथा पृष्ठभूमिमा धौलागिरि, मानापाथी हिमशृङ्खला र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबू थकाली/रासस
स्यालपोथरी लामपुच्छ्रे चरा । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्र नजिकको रूखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा। यस चरालाई यहाँका स्थानीय थारू समुदायले ललठोरी लमपुछिया भन्ने गर्दछन्। यो चौडापाते वन क्षेत्र र मिश्रित वन क्षेत्रमा पाइने गर्दछ। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/ रासस
अछामको तालिगाँउ । धानफाँट तनहुँको व्यास नगरपालिका–५ साँगेस्थित हरियाली धानफाँट। साँगे धान खेतीका लागि उपयुक्त रहेको छ। तस्बिर:कृष्ण न्यौपाने/रासस