आजका तस्बिर- जेठ २७
आजका तस्बिर- जेठ २७
संखुवासभाको रूदाङ मन्दिर ।  संखुवासभाको मकालु गाउँपालिका-३ हेदाङ्नास्थित याम्फु राईहरूको धार्मिक तथा ऐतिहासिकस्थल रूदाङ मन्दिर। यहाँ वैशाख र मंसिर महिनाको पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ। तस्बिर: भविन कार्की/रासस
आजका तस्बिर- जेठ २७
धान रोपाइँ ।  लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुफाँटमा वर्षे धान रोपाइँ गर्दै किसान। यहाँका केही स्थानमा असार अगावै रोपाइँ सुरू भएको छ। तस्बिर: जनक श्रेष्ठ/रासस
आजका तस्बिर- जेठ २७
अलपत्र नगवा पोखरी ।  वीरगञ्ज महानगरपालिका-१६ स्थित ऐतिहासिक र धार्मिक महत्वको नगवा पोखरी। मधेस प्रदेश सरकारले वि.सं २०७६ मा यस पोखरीको पुनर्निर्माण तथा मध्यभागमा मन्दिर बनाउने योजना अगाडि बढाएकोमा विगत चार वर्षदेखि निर्माण अलपत्र अवस्थामा छ। तस्बिर:हिमाल लम्साल/रासस
आजका तस्बिर- जेठ २७
फर्सीकाे व्यापार ।  घोराही उपमहानगरपालिका-६ कर्जाहीका स्थानीय बाबुराम चौधरीले खेतमा फलाएका फर्सी बिक्रीका लागि बजार लैजाने तयारी गर्दै। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- जेठ २७
म्याग्दी र कालीगण्डकी किनारमा पक्की सडक ।  म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा ढलान गरेर बनाइएको पक्की सडक। सघन सहरी विकास तथा भवन आयोजना बागलुङमार्फत बेनी बजारभित्र सवारी साधनको चाप घटाउन बजार बाहिर ९ सय मिटर सडकलाई पक्कि बनाउन रु तीन करोड १९ लाखको लागतमा ढलान गरिएको हो। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्