मुन्दुम पदमार्ग र साल्पापोखरी । भोजपुर जिल्लाको सबभन्दा अग्लो क्षेत्र साल्पा सिलिचुङ चुचुरोबाट देखिएको साल्पापोखरी र मुन्दुम पदमार्गमा पर्ने आसपासका क्षेत्र। साल्पा सिलिचुङ चुचुरोको उचाइ चार हजार १५३ मिटर रहेको छ। तस्बिर:युवराज विष्ट/रासस
वैकुण्ठ ताल । चितवनको माडी नगरपालिका-८ स्थित ऐतिहासिक वैकुण्ठ ताल। यहाँ भगवान् श्रीरामले स्नान गरेको धार्मिक किम्वदन्ती रहेको छ। यहाँ वाला चतुर्दशीमा विशेष मेला लाग्ने गर्दछ। पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्री आउने क्रम बढ्दो छ। तस्बिरः कृष्ण आचार्य/रासस
खाँदवारी-किमाथाङ्का सडक । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेबाट देखिएको उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदवारी-किमाथाङ्का सडकको हेदाङ्ना खण्ड। तस्बिर: भविन कार्की/रासस
मनाङको ग्रीनलेक । मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित ग्रीनलेक। समुद्री सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ। तस्बिर: नवीन लमिछाने/रासस