मार्सी धान खेती । जुम्लाको सिंजा उपत्यका पर्ने कनकासुन्दरी गाउँपालिका ६ स्थित गौरुचौरबाट देखिएको हिमा नदी र मार्सी धान खेतको फाँट।तस्बिर: विजय रावत/रासस
सडक कालोपत्र गरिँदै । भोजपुरको षडानन्द नगरपालिका-१२ स्थित तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडकखण्ड कालोपत्र गरिँदै। यहाँ प्रदेश सरकारको लगानीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ। तस्बिर:युवराज विष्ट/रासस
कुथुर्के चरा । सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको कुथुर्के चरा (ब्लु थ्रोटेड बार्बेट)। तराई र पहाडी जङ्गलका फलफूल दिने रूखहरूमा बस्ने यो चरा दुई सयदेखि दुई हजार मिटर उचाइसम्म पाइन्छ। तस्बिर: नवीन गड्तौला/रासस
जलमग्न सडक । शुक्रबार बिहान परेको पानीले जलमग्न बनेका दाङको घोराही उपमहानगरपालिका- १५ स्थित घोराही बजारका मुख्यसडक। तस्बिर: कुलदीप न्यौपाने/रासस
मृग । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा देखिएका साम्बर जातका मृग जोडी। खैरहनी नगरपालिका वडा नं १२ र १३ मा पर्ने यस सामुदायिक वन सौराहा आउने पर्यटकका लागि वन्यजन्तु हेर्न उत्कृष्ट गन्तव्य बन्दै गएको छ। तस्बिरः कृष्ण आचार्य/रासस