आजका तस्बिर- असार २६
आजका तस्बिर- असार २६
म्याग्दीको टिकोटगाउँ र हिमशृङ्खला ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको हिस्तान टिकोटगाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण र निलगिरि हिमाल। पहाडको शिरमा ढुङ्गेघरहरू रहेको टिकोटको आकर्षण प्रकृति र संस्कृति हो। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- असार २६
छत्री बुन्दै ।  तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका एक वृद्ध छत्री बुन्दै। गाउँघरमा घाममा काम गर्दा घाम छेक्न प्रयोग गरिने छत्रीको प्रयोग पछिल्लो समय कम हुँदै गएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असार २६
रङ्गीचङ्गी चौँरीखर्क ।  रूकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा। मध्यपहाडी लोकमार्गको रूकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार २६
बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न ।  नेपाली सेनाद्वारा बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न। समुन्द्री सतहबाट करिब चार हजार २२० मिटर उचाइमा अवस्थित यस मन्दिर पुरानो मौलिक स्वरुप अनुसार सम्पन्न भएको छ। तस्बिरः नेपाली सेना
आजका तस्बिर- असार २६
स्नान गर्दै श्रद्धालु ।  गुरू पूर्णिमाको अवसरमा जनकपुरधामस्थित पवित्र सरोवर गङ्गासागरमा स्नान गर्दै श्रद्धालुहरू। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्