मध्यपहाडी लोकमार्ग । रूकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित मेला डाँडाको तल कोरबासको भीरमा निर्माण गरिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गतको रूकुमकोट–मुसिकोट सडकखण्ड। तस्बिरः कुलदीप न्यौपाने/रासस
सिन्धुली र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित सुनकोशी नदीमाथि सिन्धुली र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल। तस्बिरः प्रदीपराज वन्त/रासस
बादलुको घुम्टोभित्र फिक्कल गाउँपालिका । बादलुको घुम्टोभित्र सिन्धुलीको फिक्कल गाउँपालिका । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरूलाई स्थानीय सरकारले प्रर्वद्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ। तस्बिरः प्रदीपराज वन्त/रासस
काँक्रेविहार संरक्षित क्षेत्र । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल तथा ऐतिहासिक काँक्रेबिहार संरक्षित क्षेत्र। बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन्। पुनर्निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। तस्बिरः सुरेश आचार्य/रासस