आजका तस्बिर- साउन १७
आजका तस्बिर- साउन १७
धान गोड्दै किसान ।  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित च्याकुटारबेँसीमा धान गोड्दै किसान । यस वर्ष वर्षा कम भएसँगै सिँचाइको अभावका कारण खेतमा धानभन्दा झार फस्टाएकाले किसानले धान गोड्मेलमा सास्ती भोग्नुपरेको छ। तस्बिरः नारायण न्यौपाने/रासस
आजका तस्बिर- साउन १७
तनहुँको मनकामना मन्दिर ।  तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङस्थित डाँडामा रहेको मनकामना मन्दिर। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन १७
लुगुम गाउँ ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको लुगुम गाउँ । बागलुङसँग सीमा जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने यो गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुको ध्यान खिच्ने गरेको छ। तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- साउन १७
कर्णाली नदी ।  कैलालीको चिसापानी क्षेत्रबाट देखिएको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सिमानाको काम गर्दै बहदै गरेको कर्णाली नदी। तराई र पहाडको मिश्रणले बनेको चिसापानी क्षेत्र पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। तस्बिर: झलनाथ खनाल/रासस
आजका तस्बिर- साउन १७
गाईघाट झरना ।  बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमा क्षेत्र नजिकै रहेको गाईघाट झरना। झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ। तस्बिर: डम्मर बुढामगर, ढोरपाटन/रासस
प्रतिक्रिया दिनुहोस्