आजका तस्बिर- साउन २७
आजका तस्बिर- साउन २७
महिना दिनदेखि सडक अवरूद्ध ।  मुगुको छायानाथ रारा नगरपालिका वडा नं २, ४ ,६ ,७ र ८ मा रहेका बस्तीलाई कर्णाली राजमार्ग अन्तर्गत नाग्म-गमगढी-नाक्चेलाग्ना सडकसँग जोड्ने प्रादेशिक सडक गमगढी-बालै-पिना राताचौर सडक खण्डमा वर्षातले पहिरो गएपछि पैदलै हिँड्दै स्थानीय । यो सडक खण्डमा विभिन्न स्थानमा पहिरो गएपछि एक महिनादेखि सडक अवरूद्ध हुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । तस्बिर: नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- साउन २७
लुलु गाई ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित चरनक्षेत्रमा चर्दै गरेका लुलु गाई। यहाँको पालिकामा करिब दुई हजारको संख्यामा लुलु गाई पालन गरिएको छ। तस्बिर: सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- साउन २७
भेडाका बथान ।  जाजरकोटको बारेकोट गाउँपालिका–४ चाखुरेपाटनमा चरनका लागि लैजाँदै गरेका भेडाका बथान। तस्बिर: हेमन्त केसी/ रासस
आजका तस्बिर- साउन २७
घोडा नाच ।  भक्तपुरको मध्यपुर थिमि–५ स्थित पोबुटोलबाट सोमबार साँझ सलाचा प्याखँ अर्थात घोडा नाच प्रदर्शन गरिँदै । गाईजात्राको भोलिपल्टदेखि चारदिन प्रत्येक राति भुलाङ्खेल, दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, चपाचो लगायतका क्षेत्रमा प्रदर्शनी हुने गर्दछ। तस्बिर: रमेश गिरी/रासस
आजका तस्बिर- साउन २७
माइकोपिला ।  समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लोदेन क्षेत्रमा फेला परेको माइकोपिला। माइकोपिला अन्य बोटबिरूवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र पाइन्छ। माइकोपिला बहुउपयोगी जडिबुटी समेत हो। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्