कमला नदी तर्न डुङ्गाको प्रयोग । डुङ्गाबाट सिरहा र धनुषाको सिमानामा बग्ने कमला नदी पार गर्दै यात्रु । १४ वर्षदेखि हुलाकी सडकअन्तर्गतको निर्माणाधीन पक्कीपुल अझै अधुरो हुँदा हरेक वर्षायाममा स्थानीय बासिन्दा डुङ्गामै निर्भर छन्। तस्बिरः सुदीप राउत/रासस
सर्भिस लेन कालोपत्र हुँदै । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सर्भिस लेन कालोपत्र हुँदै। मुग्लिन पोखरा सडक (पश्चिम खण्ड) अन्तर्गत शुक्लागण्डकीका केही ठाउँमा कालोपत्र हुन बाँकी छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
पाटन दरबार क्षेत्र । ललितपुरको पाटनस्थित विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्र। तस्बिर: हरिराम भेटुवाल/रासस
सुन पोखरी र केन्जो फूल । समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा फैलिएको ताप्लेजुङको मिक्वाखोला–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी र दुर्लभ केन्जो फूल। तस्बिरः दिलकुमार लिम्बू/रासस
अन्तुपोखरीमा डुङ्गा सयर । इलामको पर्यटकीय नगर सूर्योदय नगरपालिका-४ र ५ मा पर्ने अन्तुपोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक। यहाँ आउने पर्यटकहरू डुङ्गा सयर र घोडचढी गरेर रमाइलो गर्ने गर्दछन्। तस्बिर: रामकुमार लिम्बू/रासस