आजका तस्बिर-साउन ३०
आजका तस्बिर-साउन ३०
नदैगुफा ।  जुम्लाको तिला गाउँपालिका-९ स्थित माथिल्लो खोप्री गाउँमा रहेको धार्मिक पर्यटकीयस्थल नदैगुफा र गुफामा पूजाअर्चना लागि जम्मा भएका स्थानीय। तस्बिर: विजय रावत/रासस
आजका तस्बिर-साउन ३०
कुकीफूल ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित सोदु पोखरी क्षेत्रमा फुलेको गोल्डेन रागवर्ट प्रजातिको कुकीफूल। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर-साउन ३०
अलपत्र अवस्थामा पुल ।  अलपत्र अवस्थामा रहेको मुस्ताङको थासाङ गाउँपालिका -५ को आधा दर्जनभन्दा बढी गाउँहरू जोड्ने पक्कीपुल। विसं २०७३ भदौ २२ गते तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवा बीच रु १४ करोड १९ लाख ६५ हजार ८८१ को लागतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म पुल बन्न नसक्दा कालीगण्डकी नदीपारिका स्थानीयवासी वर्षौदेखि आवतजावतमा समस्या झेल्दै आएका छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर-साउन ३०
हाँसपोखरीमा रमाउँदै हाँस ।  समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला–५, लोदेन क्षेत्रमा रहेको हाँसपोखरीमा रमाउँदै हाँस प्रजातिका चरा। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर-साउन ३०
लमजुङको सेराफाँट ।  लमजुङको मध्यनेपाल नगरपालिका-१० सेराफाँटमा हारियाली धानखेती र पृष्ठभूमिमा नेटा गाउँ। तस्बिर: देवेन्द्र गुरूङ/रासस
प्रतिक्रिया दिनुहोस्