आजका तस्बिर- साउन ३१
आजका तस्बिर- साउन ३१
थारू समुदायमा कृष्ण जन्माष्टमी ।  दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका थारु महिला शनिबार बेलुका अष्टिम्कि चित्रमा पूजा गर्न महतवाको घरमा जाँदै। दिनभर निराहार व्रत बसेका थारू महिला बेलुका घरको भित्तामा बनाएएको अष्टिम्कि लोक चित्रमा पूजा गरेर श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन ३१
राष्ट्रपति पौडेल ।  राष्ट्रपति रामचन्द्र पौडेल शनिबार श्रीकृष्ण जन्माअष्टमीको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शनका क्रममा। तस्बिर : किरणराज विष्ट/रासस
आजका तस्बिर- साउन ३१
मनाङ गाउँमा ढकमक्क फापर खेती ।  मनाङ ङिस्याङ-६ मनाङगाउँका खेतबारीमा ढकमक्क फुलेको फापरखेती र पृष्ठभूमिमा गङ्गापूर्ण ताल , मर्स्याङ्दी नदी र मनाङ गाउँ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- साउन ३१
चियापत्ती टिप्दै मजदुर ।  इलामको माई नगरपालिकास्थित चिलिम्कोट चिया बगानमा हरियो चियापत्ती टिप्दै मजदुरहरू। तस्बिर: रामकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन ३१
लौके झरना ।  नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा अवस्थित ठूलो छहरे (लौके) झरना। यहाँ अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ। साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्