आजका तस्बिर- भदौ ५
आजका तस्बिर- भदौ ५
खलंगा र सल्ले जोड्ने झोलुङ्गे पुल र पृष्ठभूमिमा सदरमुकाम खलंगा बजार ।  रूकुम पश्चिम जिल्लाको खलङ्गा र सल्ले जोड्ने झोलुङ्गेपुल र पृष्ठभूमिमा सदरमुकाम खलङ्गा बजार। तस्बिरः बलबहादुर ओली/रासस
आजका तस्बिर- भदौ ५
बकुल्लाको बथान ।  दाङको तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीस्थित बरपिपलको बोटमा बसिरहेका बकुल्लाको बथान। तस्बिरः दीपक बोहरा/रासस
आजका तस्बिर- भदौ ५
दाउराको जोहो ।  दाङको घोराही उपमहानगरपालिका-३ बेलुवाका महिलाहरू वनबाट दाउराको भारी बोकेर घरतर्फ फर्कँदै। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- भदौ ५
मूर्तिकारलाई मूर्तिमा आकार दिन भ्याइनभ्याई ।  विश्वकर्मा पूजाका लागि मूर्तिमा बनाउँदै धनगढी उपमहानगरपालिका— २ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाह । विश्कर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति मा आकार दिन भ्याइनभ्याइ भएको छ। तस्बिरः तिलकराज ओझा/रासस
आजका तस्बिर- भदौ ५
स्थानीय भाषामा गीत गाउँदै ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ फल्याक गाउँ स्थित खेल मैदानमा स्थानीय भाषामा ‘अध्यक्ष कप —२०८२’ को सफलताको कामना गर्दै फल्याक गाउँका महिला तथा पुरूषहरूको समूह। यहाँ बिहीबारदेखि विधिवत् रुपमा गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८२ शुभारम्भ भएको छ। तस्बिरः सुन्दरकुमार थकाली/रासस
प्रतिक्रिया दिनुहोस्