वीरेन्द्रनगर बजार । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरसँगै रहेको खुला पार्क र पृष्ठभूमिमा वीरेन्द्रनगर बजार क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
चर्दै गरेका पशु चौपाया । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा चर्दै गरेका गाईगोरु। तस्बिर: डम्मर बुढामगर/रासस
नमोबुद्धबाट देखिएको पनौती आसपासको क्षेत्र । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धबाट शनिबार देखिएको पनौती आसपासको क्षेत्र। तस्बिरः गोपाल दाहाल/रासस
काठमाडौं आइपुगिन् भियतनामकी उपराष्ट्रपति । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुगेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी