ढकमक्क फुलेको कमल फूल । रूकुम पुर्वको सदरमुकाम सिस्ने गाउँपालिका– ५ स्थित कमल दहमा फुलेको कमल फूल। फूलले ताल ढकमक्क हुँदा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ। तस्बिरः सर्जना कार्की/ रासस
व्यावसायिक याक नाक–तथा चौरीपालन । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँका ७८ वर्षीय कृषक पदमप्रसाद ज्वारचनले आलुबारी भन्ने उच्च हिमाली लेकमा व्यावसायिक रूपमा पालन गरेको याक–नाक तथा चौरीहरू। तस्बिरः सुशीलबाबु थकाली/ रासस
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रंगशाला । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रंगशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र। तस्बिरः सुरेश आचार्य/ रासस
पहिरो रोक्न बायो इन्जिनियरिङ प्रविधि । बागलुङ बोक्से–सिगाना सडकअन्तर्गत बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको पहिरो रोकथामका लागि बायो इन्जिनियरिङ प्रविधिअन्तर्गत नेपियर जातको घाँस लगाइँदै। सडक निर्माण व्यवसायीले एक दर्जन पहिरोमा एक हजारभन्दा बढी घाँसको विरूवा रोपेको छ। तस्बिरः खेमराज गौतम/ रासस
गरूडको आकृति । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण गरिएको गरूडको आकृति। पछिल्लो समय पञ्चकोट धार्मिक पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिरः डम्मर बुढामगर/ रासस