स्यार्पु ताल । रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ र ५ मा अवस्थित करिब २ दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सुन्दर स्यार्पु ताल। धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने यो ताल आकर्षक गन्तव्यका रूपमा चिनिन्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
मुस्ताङको बतासे याक खर्क । समुद्री सतहदेखि करिब ४ हजार मिटर भन्दा बढी उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–१ र घरपझोङ गाउँपालिका–२ मा पर्ने दुई वटा गाउँपालिकाको सीमाना छेउबाट देखिएको बतासे याक खर्क, हरियाली चरीचरण र आसपासका क्षेत्र। यो चरण विशेष गरी याक–नाक तथा चौरी, भेडा, बाख्रा, च्याङ्ग्रा, घोडा र खच्चडको लागि उपयुक्त मानिन्छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
कृष्ण गण्डकी मन्दिर । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा निर्मित कृष्ण गण्डकी मन्दिर। मौलिक शैलीमा बनेको यस मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
बार्दलीमा मकै । देवचुली नगरपालिका–५ हर्कपुरस्थित एक घरको बार्दलीमा राखिएको मकै। कीरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ। तस्बिर: दयाराम आचार्य/रासस