राहुघाटमा निर्माणाधीन सवस्टेशन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ अम्वाङमा निर्माणाधीन १३२ केभी क्षमताको राहुघाट सवस्टेसन। नेपाल विद्युत् प्राधिकरणद्वारा सन् २०२१ देखि डिसेम्बरमा ठेक्का सम्झौता भएको राहुघाट डाडाँखेत प्रसारण लाइन र सवस्टेसन निर्माण योजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ। तस्बिरः सन्तोष गौतम/ रासस
लटरम्म फलेको स्याउ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा लटरम्म फलेको रैथाने जातको स्याउ। दसैंतिहार नजिकिँदै गर्दा केन्द्रलगायत समग्र मुस्ताङको स्याउ यही भदौ २५ भित्र टिपेर बजार लैजाने तयारी गरिँदै छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
सूर्य भगवानलाई अर्घ्य अर्पण गर्दै महिला । सम्पूर्ण मिथिला क्षेत्रमा भदैया रैब पर्व मनाइरहेकोमा महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा पोखरीमा सूर्य भगवानलाई फलफूल, मिठाइ, पकवानसहितको वस्तुको अर्घ्य अर्पण गरेर भदैया रैब पर्व मनाउँदै व्रतालु महिला। तस्बिरः सञ्जीतकुमार मण्डल/ रासस
पुस्तक अध्ययनमा व्यस्त पाठक । काठमाडौंको ठमेलस्थित केशर पुस्तकालय परिसरमा पुस्तक अध्ययनमा व्यस्त पाठकहरू।तस्बिर : मधु शाही/ रासस
अभ्यासमूलक ज्ञान लिँदै विद्यार्थी । अभ्यसमूलक ज्ञान लिँदै भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयका विद्यार्थी। यहाँका कक्षा ९– १२ का विद्यार्थीले अभ्यासमूलक प्राविधिक शिक्षा लिँदै आएका छन्। तस्बिरः युवराज विष्ट/ रासस