आजका तस्बिर- भदौ १६
आजका तस्बिर- भदौ १६
फूलमा पुतली ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको घाँसे पहेलो पुतली (कमन ग्रिन एलो बटरफ्लाइ)। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा एक सय ११ प्रजातिका पुतली पाइन्छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- भदौ १६
निर्माणाधीन सवस्टेशन ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाँडा खेतमा निर्माणको अन्तिम चरणमा पुगेको १३२ केभी क्षमताको सवस्टेशन। म्याग्दी नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रणालीमा आवद्ध गराउन नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण भइरहेको सवस्टेशनमा उपकरण जडानको काम भइरहेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ १६
नवलपरासीको गुम्बा ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ स्थित राजमार्ग नजिकै रहेको ‘मेला काङ्ग्यु लिङ्ग महाबौद्ध गुम्बा’। यहाँको रमणीय प्राकृतिक वातावरण र आकर्षक गुम्बाले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ। तस्बिर: टेकराज पोखरेल/रासस
आजका तस्बिर- भदौ १६
कोसी टप्पुमा अर्नाका बथान ।  सुनसरीस्थित कोसी टप्पु वन्यजन्तु आरक्षको सप्तकोसी नदी किनारमा रहेका अर्नाका बथान। आरक्षका अनुसार यहाँ हाल ४९८ वटा अर्ना संरक्षित छन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- भदौ १६
डेभिज फलमा रमाउँदै पर्यटक ।  पोखराको छोरे पाटनस्थित पर्यटकीयस्थल डेभिजफल (पातले छाँगो) मा रमाउँदै पर्यटक। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
प्रतिक्रिया दिनुहोस्