आजका तस्बिर- भदौ १७
आजका तस्बिर- भदौ १७
पाटन दरबार क्षेत्र ।  ललितपुरको पाटनमा रहेको विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- भदौ १७
उच्च हिमाली लेकमा भेडी गोठ ।  समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–१ मा अवस्थित उच्च हिमाली लेक बतासे याक खर्कमा नन्दबहादुर भण्डारीद्वारा उत्पादन गरिएको करिब ६ सय भेडा चरणतर्फ लैजाँदै गोठालो। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- भदौ १७
आहारा कुरेर बसेका बकुल्ला ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाइ ड्याममा आहारा कुरेर रूखमा बसेका बकुल्लाका बथान। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ १७
फुच्चे गुराँस ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’। यस पदमार्गमा समुद्री सतहदेखि २ हजार ८८३ मिटर उचाइमा रहेको हुमखोलादेखि ३ हजार ५ सय मिटर उचाइसम्मको क्षेत्रमा रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी प्रजातिका फुच्चे गुराँसको फूल फुल्ने गरेको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- भदौ १७
कर्णाली नदी र पुल ।  अछाम र दैलेख जिल्ला सिमाना जोड्ने कर्णाली नदीमा अवस्थित बेलखेतको पक्की पुल र पृष्ठभूमिमा अछामतर्फको बस्ती। तस्बिर: सुशील भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्