मुस्ताङ-डोल्पा सडक । संघीय अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङद्वारा निर्माण गरिएको मुस्ताङ-डोल्पा सडक। यो सडक समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइबाट सडकको ट्याक जोडिएको छ। तस्बिरः सुन्दरकुमार थकाली/रासस
बाढीपहिरोका कारण बिरामीलाई सास्ती । इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार जोडिने फिक्कल-नयाँबजार सडकखण्डमा पर्ने मयुँखोला पुल र सडक बाढीपहिरोले बगाएपछि यात्रु र बिरामीलाई आवतजावत गर्न भएको सास्ती। सुत्केरी, बिरामी, बालबालिका वृद्धवृद्धा र अशक्तलाई स्ट्रेचरमा राखेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। तस्बिरः मनोज अधिकारी/रासस
बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिर नजिकै निर्माण गरिएको ‘मिनी ग्रेटवाल’ मुकुन्देश्वरी पदमार्ग । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले बन्दीपुर पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिरः सागर गिरी/रासस