आजका तस्बिर- असोज २७
आजका तस्बिर- असोज २७
मकालु हिमाल ।  ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरबाट देखिएको मकालु हिमालको रमणीय दृश्य। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- असोज २७
चर्दै गरेका भेडा ।  म्याग्दीका रघुगङ्गा गाउँपालिका– २ भगवतीको रूइसेमा चरनखर्कमा चर्दै गरेका भेडाका बथान। यस क्षेत्रमा परम्परागत रूपमा भेडापालन हुँदै आएको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- असोज २७
ढकमक्क सयपत्री ।  दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल। दश वर्षदेखि घोराही बजार नजिकै व्यावसायिक रूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यस वर्ष करिब तीन बिघा भाडाको जग्गामा सयपत्री फूल रोपेका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २७
मकै भण्डारण ।  अछामको तुर्माखाद गाउँपालिका-६ रानिवनको नाउगडेका स्थानीयले घर बाहिर बनाएको मकैको थाङ्ग्रो। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- असोज २७
दाउराकाे जाेहाे ।  सुनसरीको इनरूवा नगरपालिका-९ मा दाउरा संकलन गरेर घरतर्फ लैजाँदै स्थानीय महिला। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्