आजका तस्बिर- कात्तिक १
आजका तस्बिर- कात्तिक १
म्याग्दीको फुतफुते झरना ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको फुतफुते झरना । फुतफुते झरना नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको आकर्षक गन्तव्य बनेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- कात्तिक १
सूर्योदय ।  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको सूर्योदय र कुहिरोले ढाकेको दमौली बजार। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १
गुल्मीको सदरमुकाम तम्घास बजार ।  गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्र। तस्बिरः जनार्दन घिमिरे /रासस
आजका तस्बिर- कात्तिक १
खच्चरमार्फत सरसामान ढुवानी ।  समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको फोक्सोण्डो तालतर्फ खच्चरमार्फत सरसामान ढुवानी गरिँदै। एउटा खच्चरले करिब ८० देखि ९० केजी समान बोक्न सक्ने छ। सामान लान मोटरबाटो नभएको कारण यस क्षेत्रमा खच्चर अथवा घोडामार्फत मालसामान ढुवानी गर्न बाध्यता छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- कात्तिक १
धनतेरस किनमेल ।  नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन शनिबार धनतेरस पर्वकाे अवसरमा राजविराजको हटियामा किनमेल गर्दै सर्वसाधारण। सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ। तस्बिरः अरूणकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्