आजका तस्बिर- कात्तिक ३
आजका तस्बिर- कात्तिक ३
छुर्पी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका—१ कालिखोला क्षेत्रमा रहेको चौँरी याक गोठमा सुकाएर राखिएको छुर्पी। यस क्षेत्रमा प्रति किलो छुर्पी एक हजार २०० रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- कात्तिक ३
माछापुच्छ्रे र फेवाताल ।  पर्यटकीय राजधानी पोखराबाट देखिएको माछापुच्छ्रे हिमालसहितको अन्नपूर्ण हिमशृङ्खला र फेवातालको दृश्य। तस्बिरः जमुना वर्षा शर्मा/रासस
आजका तस्बिर- कात्तिक ३
खङ्सार गाउँ ।  मनाङको ङिस्याङ गाउँपालिका-८ स्थित खाङ्सार गाउँ र पृष्ठभूमिमा देखिएको तिलिचो पिक हिमाल। पाँच गाउँ एकै ठाउँमा मिलेर बनेको यो गाउँ तिलिचो ताल जाने मुख्य गन्तव्य स्थानमा पर्दछ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- कात्तिक ३
कुकुर पूजा ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ यमपञ्चकको दास्रो दिन आज सानो ठिमीस्थित भैरव बाहन गणमा कुकुरलाई पूजा गर्दै। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- कात्तिक ३
सयपत्री फुलको माला तयार गर्दै किसान ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ मा स्थानीय किसानहरू तिहारका लागि सयपत्री फूलको माला तयार गर्दै ।तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
प्रतिक्रिया दिनुहोस्