ढुङ्गेधारा । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित गागलमा रहेको कागेश्वरी मन्दिर परिसरमा रहेको ढुङ्गेधारा । तस्बिर : हरिराम भेटुवाल/ रासस
विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ । महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ। सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। तस्बिर: नेपाल फोटो लाइब्रेरी
मनास्लु हिमश्रृङ्खला । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीबाट मङ्गलबार देखिएको मनास्लुलगायतका हिमश्रृङ्खला । तस्बिरः कृष्ण न्यौपाने/रासस
गाईको पूजा गर्दै भक्तजन । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वर्गद्वारी मन्दिर प्युठानको झिङौरा आश्रममा रहेको गौशालामा तिहारको अवसरमा आज गाईको पूजा गर्दै भक्तजन । स्वर्गद्वारी मन्दिर प्युठानको परम्परा अनुसार औँसीको दिन गाई तथा गोवर्धन पूजा गर्ने गरिन्छ। तस्बिर :कुलदीप न्यौपाने / रासस
जहाज र हिमशृङ्खला । काठमाडौँस्थित पेप्सिकोलाबाट सोमबार साँझपख देखिएको उडिरहेको जहाज र पृष्ठभूमिमा हिमशृङ्खलाको दृश्य । तस्बिर : किरणराज बिष्ट / रासस