विश्व शान्ति स्तुपमा पर्यटक । पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित विश्व शान्ति स्तुपमा शुक्रबार दिउँसो घुम्न आएका पर्यटकहरू। विश्व शान्ति स्तूप बौद्ध धर्मावलम्वीका लागि मात्र नभएर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न पुगेको छ। तस्बिरः राधिका कँडेल/रासस
जलविद्युत आयोजनाको बाँध र विद्युत गृह । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा एकै ठाउँमा निर्माण भएको अपर राहुघाट जलविद्युत आयोजनाको बाँध र राहुघाट–मङ्गले–चिमखोला जलविद्युत आयोजनाको विद्युत गृह। तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट र ४८ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट–मङ्गले–चिमखोला जलविद्युत आयोजना निर्माण गरेको हो । तस्बिरः सन्तोष गौतम/रासस
कक्षाकोठा बाहिर परीक्षा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–७ स्थित टशी सम्भो आधारभूत विद्यालयले चिसोका कारण कक्षाकोठा बाहिर वार्षिक परीक्षा गर्दै। कात्तिक १५ गतेभित्र परीक्षा सकाएर जाडो बिदा हुने भएकाले परीक्षा सञ्चालन गरिएको हो। तस्बिरः हेमन्त केसी/रासस
सलिफा खाँदै गरेका चरा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका स्थानीयको घरआँगनमा शुक्रबार बिहान पाकेको सलिफा फल खाँदै गरेका काँकीर चरा। वर्षातका बेला चुरेपर्वततर्फ बसाइँ सार्ने यो चरा हिउँद लागेपछि तराई झर्ने गर्दछ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
परशुराम तलाउ । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहामा अवस्थित ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बाेकेकाे परशुराम तलाउको मध्यभागमा कमलको फूलमाथि नागसहित शिवलिङ्गको प्रतिमा। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस