कालीगण्डकी बाँधस्थल । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी ए जलविद्युत परियोजनाको बाँधस्थल। साथै पृष्ठभूमिमा देखिएको गुल्मी जिल्ला हुँदै उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर। तस्बिर: तोलाकान्त बगाले/रासस
धनुष सागर छठ घाट । छठ पर्वका लागि सजाइएको जनकपुरधामस्थित पवित्र धनुष सागर पोखरी छठ घाट। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
सजाइएको अंगराज सागर छठ घाट । छठ पर्वमा पूजाअर्चना गर्नको लागि सजाइँदै जनकपुरधामस्थित अंगराज सागर पोखरीको घाट। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
अक्टोपस झरना । बेँसीसहर-चामे सडक अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरना हुँदै सवारी साधनमा हिमाली जिल्ला मनाङ जाँदै गरेका पर्यटक। तस्बिर: जनक श्रेष्ठ/रासस
कुहिरोले छोपेको इस्मा र धुर्कोट । शनिबार बिहान कुहिरोले छोपेको मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको इस्मा र धुर्कोट आसपासकाे क्षेत्र। तस्बिर: जनार्दन घिमिरे/रासस