आजका तस्बिर- कात्तिक १३
आजका तस्बिर- कात्तिक १३
छाता ओढेर गन्तव्यतर्फ जाँदै ।  काठमाडौंको तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा पानी परेपछि छाता ओढेर विद्यालयतर्फ जाँदै गरेका विद्यार्थी र गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण। काठमाडौंमा पानी पर्दा जनजीवन प्रभावित भएको छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- कात्तिक १३
स्वर्गद्वारी मन्दिर ।  प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर। समुद्र सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक १३
पहेँलपुर धानबाली ।  तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटमा पाकेर पहेँलपुर देखिएको धानबाली । यहाँको किसानहरू अहिले धान काट्ने चटारोमा छन् । तस्बिर: सागर गिरी/रासस
आजका तस्बिर- कात्तिक १३
भोजपुरे खुकुरी ।  भोजपुर नगरपालिकास्थित पसलमा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । भोजपुरमा रु.सात सयदेखी रु. ५२ हजारसम्मका खुकुरी किनमेल हुने गरेको स्थानीय व्यवसायी हिरा श्रेष्ठले जानकारी दिनुभयो । तस्बिर ः युवराज विष्ट÷रासस
प्रतिक्रिया दिनुहोस्