डोलीमा फर्किंदै दर्शनार्थी । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरी डोली चढेर फर्किदैँ गरेका भारतीय दर्शनार्थी । मुक्तिनाथमा स्थानीय र मजदुरको सहकार्यमा मुक्तिनाथ जाने दर्शनार्थीहरूलाई डोली चढाएर लाने लैजाने सशुल्क सेवा उपलब्ध छ। तस्बिरः सुन्दरकुमार थकाली/रासस
राष्ट्रपति पौडेल कतार प्रस्थान । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज सोमबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा। तस्बिर: किरणराज बिष्ट/रासस
त्रिपालमुनि व्यापार । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेपाल र चीनको सिमाना कोरोला नाका नजिकै त्रिपालभित्र गरिएको आन्तरिक व्यापार। चीनबाट ल्याइएको विभिन्न चाइनिज सामानहरू उपल्लो मुस्ताङका जनताहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुपथ मूल्यमा बिक्रीवितरण गर्दै आइरहेका छन्। तस्बिर: सुशीलबाबु थकाली/रासस
झरीले धानबालीमा क्षति । गत हप्ता परेको लगातारको झरिले ढलेको भोजपुर नगरपालिका ५ स्थित खेतमा धानबाली। धानमा क्षति पुगेपछि किसान समस्यामा परेका छन्। तस्बिर: युवराज विष्ट/रासस