हुस्सुले ढाकेकाे नारायणगढ र गैंडाकोट । नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिर नजिकबाट शनिबार बिहान देखिएको हुस्सुमा लुकेको नारायणगढ तथा गैंडाकोट बजार आसपासको क्षेत्र। तस्बिर: सनद अधिकारी/रासस
फूलको रस चुस्दै पुतली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यालय परिसरमा फूलको रस चुस्दै गरेको ‘कमन जेजेवेल’ पुतली। यो प्रजातिको पुतली नेपाल सहित दक्षिण एसियाका देशहरूमा पाइन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
तम्घास बजार । गुल्मीको रेसुङ्गा क्षेत्रबाट शनिबार बिहानपख झिसमिसे उज्यालोमा देखिएको गुल्मीको सदरमुकाम तम्घास बजार। तस्बिर : जनार्दन घिमिरे/रासस
कुहिरो र कुहिरोभित्रको पतेनी गाउँ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट जाने सडकबाट शनिबार देखिएको कुहिरो र कुहिरोभित्रको पतेनी गाउँ। तस्बिरः कृष्ण न्यौपाने/रासस
धौलागिरि सहितको हिमशृङ्खला । बागलुङ र म्याग्दी जिल्लाको सङ्गमस्थलको रूपमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाबाट देखिएको धौलागिरि सहितको हिमशृङ्खला। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको बेलढुङ्गा समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा छ। तस्बिरः खेमराज गौतम/रासस