सूर्यास्त । सुनसरीकाे कोसी गाउँपालिकास्थित सप्तकोसी नदीको कोसी ब्यारेजबाट शुक्रबार देखिएकाे अस्ताउँदै गरेको सूर्य। तस्बिर: नवीन गड्तौला/ रासस
पाटन दरबार क्षेत्र । विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटक। तस्बिरः हरिराम भेटुवाल/ रासस
एनपिएलः ब्याटिङ गर्दै चितवन राइनोज । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शुक्रबार चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धामा ब्याटिङ गर्दै चितवन राइनोज। तस्बिरः किरणराज विष्ट/ रासस
दाइँ महोत्सवका लागि तयारी गरिँदै । पोखरा महानगरपालिका–१९ पुरुञ्चौरस्थित चुरूङ्गामा भोली बिहान हुने दाइँ महोत्सवका लागि धानको कुन्यु सिगार्दै स्थानीय। पोखरा पर्यटन परिषद्को आयोजनामा मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले शनिबार बिहान चुरूङ्गामा दाइँ महोत्सव हुँदैछ। तस्बिरः राधिका कँडेल/ रासस