आजका तस्बिर- मंसिर १७
आजका तस्बिर- मंसिर १७
केरा खेतीमा विषादी छर्कँदै किसान ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका किसान केरा खेतीलाई रोग, कीराबाट जोगाउनका लागि विषादी छर्कँदै। पछिल्लो समय यहाँका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/ रासस
आजका तस्बिर- मंसिर १७
कुम्भकर्ण हिमाल ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य। कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५ औँ अग्लो हिमाल हो। यसको उचाइ सात हजार ७१० मिटर रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर १७
हुस्सुले ढाकेकाे भूभाग ।  नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका -७ चापाबोटबाट बुधबार बिहान देखिएको हुस्सुले ढाकेकाे लिखु गाउँपालिका, थानसिङ फाँट र आसपासका क्षेत्र। तस्बिर: हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्