हामी हाम्रै कालमा यो देश रूपान्तरण हुनसक्छ भन्नेमा विश्वास गर्छौ। नेपालको जनसंख्याको आधाभन्दा बढी जनसंख्या २२ वर्षभन्दा कम उमेरको छ। दुई तिहाइभन्दा बेसी जनसंख्या ४० वर्षभन्दा मुनिका छन्। भनेपछि हाम्रो जीवनकालमा अर्को १० देखि २० वर्षमा नेपालको रुपान्तरण हुन सक्छ भने हाम्रो विश्वास हो। किनकि, त्यो अवधिभित्र धेरै गए गुज्रेका देशहरुले अत्यन्त धेरै प्रगति गरेका छन्। त्यो भारतलाई हेर्ने हो वा भारतका केही गए गुज्रेका राज्यहरुलाई हेर्ने हो, चीनलाई हेर्ने हो या अफ्रिकाका इथोपिया र रूवान्डा जस्ता देशलाई हेर्ने हो। इथोपिया सबभन्दा भ्रष्ट भएको, भोकमरीले १० लाखभन्दा बेसी मान्छे मरेको, त्यसैगरी अविकासले साच्चिँकै गाजेको, जातीय द्वन्द्वले देश नै टुक्रिएर एउटा देशबाट अर्को देश बनेको, त्यस्तो देशमा अहिले १० प्रतिशतभन्दा बढीले आर्थिक वृद्धि भएको छ।
त्यहाँ मोनोरेल चल्छ, त्यहाँको एयरलाइन्स संसारकै प्रतिष्ठित एयरलाइन्समा गनिन्छ। त्यस्तो देशले गर्न सक्छ भने हामी जस्ता स्रोत साधन सम्पन्न देशले नगर्ने भन्ने प्रश्ननै छैन। हाम्रो स्रोत साधनको कुरा गर्दा हिमाल र सौन्दर्य मात्र होइन, यहाँका सांस्कृतिक सम्पदा पनि हुन्।
यहाँका जडिबुटीहरू पनि हो। यहाँका भौगोलिक कुराहरु पनि हो। यहाँका सहनशील जनताहरू पनि हुन्।
हामीसँग के छैन? सबै कुराहरू छ। तर हामी सधैं संविधानको धारा परिवर्तन गर्न आफ्नो कमजोरी लुकाउनै यो र त्यो भएन भन्दैमा हामीले दशकौ विताएका छौ। मस्तिष्कका रेखाहरू हाम्रा ठीक छैनन्। हामीले खाली संविधानका रेखाहरू परिवर्तन गर्न चाह्यौ। ठीक छ यसले हामीलाई अधिकार दियो। तर अधिकार लिनका लागि जसले आन्दोलन गरे, त्यो आन्दोलनलाई उनीहरुले सधैँ व्यक्तिगत लगानीको रुपमा सधैँ प्रयोग गरे। देशको लागि गरिएको आन्दोलन व्यक्तिगत लगानी हुँदैन। व्यक्तिगत फाइदा खोज्ने हो भने गएर बैंकमा पैसा जम्मा गरे हुन्छ अथवा कुनै पनि व्यवसायमा गएर लगानी गरे हुन्छ। आन्दोलन गरेर मैले आन्दोलन गरेँ नि भन्दै त्यसको व्याज खान अनुपयुक्त हुन्छ।
यस्तो स्थितिमा के गर्ने त?
के गर्ने भने आजसम्म मैले कतिपय साथीहरूलाई घरदैलोको क्रममा भेट्दा विचार के हो भन्ने सोध्नु हुन्छ। विचार नेपालमा मात्रै होइन संसारैभरी दायाँ र वायाँ गरेर मध्यम तिर अग्रसर भइसक्यो।
नेपाल लोकतान्त्रिक देश हो त्यसमा सम्झौंता हुँनै सक्दैन। विचारको कुरा गर्ने हो भने प्रत्येक राजनीतिक दलहरूले जान्ने मान्छेहरू र विज्ञहरु लगाएर विचार लेखेका हुन्छन्। तर हामीसँग नीति तथा नियत दुवै नभएको हो। त्यस कारणले हामी के भन्छौ भने नीति राम्रा भएका तर सँगसँगै नियत पनि राम्रो भएको व्यक्तित्वहरुलाई अब नेतृत्वमा पुर्याउँनै पर्यो।
त्यसरी नेतृत्वमा नपुर्याउने हो भने भोट दिने जनता सधैं दुःखी र भोट पाउँने नेताहरू सधैं सुखी रहनेछन्। नेपालमा भइरहेको पनि त्यही हो। जनतालाई पानीको चिन्ता छ, अस्पतालको चिन्ता छ, धुलोको चिन्ता छ, जिन्दगीभर कमाएको पैसा एउटै रोगले सखाप होला भन्ने चिन्ता छ। हरेक ठाउँमा चिन्तै चिन्ता छ। तर, नेताहरुलाई न अस्पतालको चिन्ता छ, न त जनताकै उनीहरूलाई त मात्र छोराछोरी कसरी पढाउने भन्ने चिन्ता छ। बुढेसकालमा उपचार कसरी गराउँने भन्ने चिन्ता छ।
उनीहरुलाई अरू केही पनि चिन्ता छैन। यो स्थिति हामी अन्त्य गर्न चाहँन्छौ। नियत ठिक भएको व्यक्तिहरुलाई भोट दिन आवश्यक हुन्छ त्यसका लागि नियत ठिक भएको व्यक्तिहरु नेतृत्वमा पुगेपछि रूपान्तरणको प्रक्रिया सुरु हुन्छ। रूपान्तरणको प्रकृया सुरु गर्न हामी सबभन्दा पहिले भ्रष्टचार न्यूनिकरण गर्नका लागि कदमहरु चाल्नेछौ। कसरी कदम चाल्नेभन्दा म एउटै मात्र उदाहरण दिन चाहन्छु।
यो देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अत्यन्त शक्तिशाली निकाय हो। तर, त्यसमा आजसम्म नेताहरु त्यसमा सुरक्षा प्रदान गरेका व्यक्तिहरु मात्र नियुक्त गरे। त्यहाँ साच्चिकै इमान र क्षमता भएको व्यक्तिहरु नियुक्त गर्ने हो भने देशका भ्रष्टचार न्यूनिकरण हुन्छ।
भ्रष्टचार न्यूनिकरण हुनु भनेको यो देशको विकास त्यतिकै अनुपातमा वृद्धि हुँदै जानु हो। विकासको गति बढ्ने वितिक्कै अर्थतन्त्र चलाएमान हुन्छ, अर्थतन्त्र उद्धेलित हुन्छ। अर्थतन्त्र उद्धेलित भएपछि यहाँका जनताले पखेटा फिँजाएर अत्यन्त महत्वाकांक्षी आयोजनामा काम गर्नेछन्। अहिले त यस्ता आयोजनामा काम गर्न अनुमति लिन वर्षौ लाग्छ। त्यो पनि पियनदेखि मन्त्रीसम्म घुसको ‘प्रसेन्टेज’ छुट्याउनुपर्छ।
अर्थतन्त्र जब उद्धेलित हुन्छ र सरकारले सहजिकरण गरिदिने र राष्ट्रिय टिमहरु खोजि गर्ने काम गर्छ। त्यसपछि साँचिक्कै देश प्रगतिको तर्फ लम्किन्छ। देश प्रगतिको दिशामा आर्थिक उद्धेलनसहित पुगेपछि सरकारले गर्नैपर्ने अर्को काम भनेको कल्याणकारी राज्यको स्थापनाको निम्ति जहाँ शिक्षा र स्वास्थ सामाजिक सुरक्षा जस्ता आधारभुत विषयमा जन्ताहरु निश्चिन्त हुन सकुन्।
उनीहरुलाई बुढेसकालमा बल्ल बल्ल मैले कमाएको सबै पैसा एउटा रोगले सखाप होला। मेरा घर जग्गा बेच्नु पर्ला, सबै ऋण लिनुपर्ला भनेर चिन्ता नहोस्। स्कुलको लागि मसँग पढाउँने पैसा छैन्, घरमा मेरो रोजगारी छैन्, बच्चाहरुलाई काम लगाउँन पर्छ भन्ने चिन्ता नहोस्। त्यसैगरी स्वास्थ सेवामा कोही पनि व्यक्ति उपचार नपाएर वा औषधी नपाएर मृत्यु हुने स्थिति नआओस्। त्यो भनेको राज्यको दायित्व हो। त्यो भनेको गर्न सकिने काम हो। हो।
त्यसको लागि पैसा चाहिन्छ तर पैसा नहुँदा पनि संसारका कल्याणकारी राष्ट्रहरुले अलिकति सम्पन्न नहुँदा पनि कल्याणकारी योजनाहरु अघि बढाउँने योजनाहरु अघि बढाउँन थालिसकेका थिए। यसरी हामीले सिंगो देशको रुपान्तरणको सपना देखेर अगाडि आएका छौं। हामी व्यक्तिको विरुद्ध होइन, अहिले भएको कुकृत्य जसरी संस्थागत भएको छ, दिनदहाडै जसरी गुन्डाहरुलाई पार्टीमा टिका लगाएर पठाइन्छ र गुन्डाहरुलाई उम्मेदवारी दिइन्छ, त्यस्तो किसिमको कुकृत्यको विरोध गर्न, त्यसलाई परास्त गरेर देशमा सुस्वास्थ राजनीति हुनसक्छ।
जसले यो देशमा सुशासन ल्याएर यो देशको विकासमा यो देशको सम्वृद्धिको विकासमा छिटोभन्दा छिटो अग्रसर गराउन सक्छ, त्यस्तो दल हामीलाई चाहिएको छ।
त्यसैले, यसपटक विवेकशील साझाँ पार्टीको 'तराजु'मा भोट दिनुहोस्। भोट दिनु अगाडि आफ्नो भोट तौलिनुहोस्, नीति र नियत ठिक भएको दललाई भोट दिनुहोस्। हाम्रो आग्रह यति नै हो। धन्यवाद।
https://www.youtube.com/watch?v=qfKy3N961mU