काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता राजन भट्टरार्इले फेरि उछिनेका छन्।
मतगणनाको प्रारम्भदेखि नै निकै प्रतिस्पर्धा रहेको यस क्षेत्रमा राजनले गगनलाई ३६ मतले पछाडि पारेका छन्।
अहिलेसम्म १० हजार ९०१ मतगणना सकिएकोमा उनले ५०६३ मतसहित अग्रता कायमै राखेका छन् भने उनलार्इ पछ्याइरहेका कांग्रेसका उम्मेदवार गगनले ५०२७ मत प्राप्त गरेका छन्।
विवेकशिल साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुबुना बस्नेतले २८६ मत ल्याएकी छिन्।