काठमाडौं क्षेत्र नम्बर एक मा रविन्द्र मिश्रले अग्रता घटाएका छन्। आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले ४ हजार ६ सय १९ मत ल्याएका छन्। उनलाई विवेकशील साझाका रविन्द्र मिश्रले ४०५८ मत ल्याएर पछ्याइरहेका छन्।