चितवन प्रतिनिधि शभा क्षेत्र नं ३ मा १ हजार मतको गणना हुँदा राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्।
क्षेत्र नम्बर ३ मा १२३९ मत गणना हुँदा पाण्डेले ६ सय ८७ मत सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पछि पारेका हुन्। प्रचण्डले जम्मा ४ सय ७३ मत प्राप्त गरेका छन्।
भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ। सबैको चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं.३ मा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले अग्रता कायमै राखेका हुन्। पाण्डे भन्दा प्रचण्ड २१४ मतले पछि पर्नुभएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले विहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनेपनि विविध कारण देखाउँदै दिउँसोबाट मात्रै गणना सुरु भएको हो । चितवनका मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा र दोस्रो चरणमा समानुपातिक तर्फको मतगणना गरिने जानकारी दिए।