संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २४ सय ६५ मतले अग्रता लिन सफल भएका छन्। राजपासहित मधेश गठबन्धन र नेपाली कांग्रेसका साझा उम्मेदवार अध्यक्ष यादवको सुरुवाती अग्रता कायमै छ ।
फोरम नेपालका अध्यक्ष यादवले ५२४४ मत ल्याएका छन् । त्यस्तै, यादवका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदबार उमेश कुमार यादवले २७७९ र गुलाफ फूलका स्वतन्त्र उम्मेदबार जय प्रकाश ठाकुरले २४३१ मत प्राप्त गरेका छन् ।
सप्तरी क्षेत्र नं. २ को मतगणना सुरुभएसँगै प्रतिनिधि सभाका उम्मेदबार उपेन्द्र यादवले भारी मतले अग्रता लिएका हुन् ।