वामपन्थीको किल्ला मानिने मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल विजयी भएका छन्।
योसँगै मोरङमा वाम गठबन्धनले जितको सुरुवातसमेत गरेको छ ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनील शर्मालाई १९०६ मतले पछि पारेका हुन्।
निर्वाचन अधिकृत विकास श्रेष्ठ अनुसार ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।