चितवनका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ। चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले २० हजार ८ सय २० मतका साथ अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १५ हजार २ सय ३० मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल पनि भारि मतका साथ अग्रता कायम गरेका छन्। उनको २३ हजार ७ सय ६ मत रहेको छ भने कांग्रेसका शेषनाथ अधिकारीको १५ हजार ६ सय ९ मतका साथ पछ्याइरहेका छन्।
क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अग्रता कायम रहेको छ। सुरुवाती अग्रता लिएका राप्रपाका बिक्रम पाण्डे प५ल्लो मतगणनामा दोब्बर मतले पगाडि परेका छन्।
अहलेसम्म प्रचण्डको १६ हजार ६ सय ९६ मत रहेको छ भने पाण्डेको १२ हजार १ सय ३५ मत रहेको छ।