२६ वर्षदेखि अपराजित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पहिलो पटक पराजित भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठले ६ हजार ४ सय १४ मतले हराएका हुन्।
विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याए भने पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए।