महोत्तरी क्षेत्र नम्बर ३ बाट राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर १८ हजार भन्दा बढी मतको अन्तरले विजयी भएका छन्।
निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार ठाकुरले २७००५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका वाम गठबन्धनका विजय चौधरीले ८६७७ मत ल्याएका छन्। उनीहरूको मतान्तर १८ हजार ३ सय २८ छ।