नेपाली कांग्रेसका नेता शशांक कोइरालाको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट जित निश्चित भएको छ।
निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार शशांक कोइरालाले ३४७८४ मत ल्याइसकेका छन् भने उनलाई पछ्याइरहेका भविश्वर पराजुलीले ३० हजार ५ सय २३ मत ल्याएका छन्।
अब गन्न बाँकी रहेको मत भन्दा अग्रता बढी भएकाले कोइरालाको जित सुनिश्चित भएको अधिकृत सुवेदीले जानकारी दिए।