रोल्पामा १६.२९ प्रतिशत मत बदर भएको छ। रोल्पाका मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठका अनुसार कुल खसेको मत ७० हजार ७ सय ७० मा प्रतिनिधिसभा सदस्य तर्फ ११ हजार ४ सय ९४ र  प्रदेशसभा तर्फ रोल्पामा १५हजार ७ सय ६६ मत बदर भएको छ।
‘ल्याप्चे पनि लगाएका छन्, बाहिर पनि मतदान भएको छ र सबैभन्दा धेरै दललाई मतदान गरेका बदर मत धेरैछन्,’ उनले सेतोपाटीसँग भने, ‘कोदालो, हँसिया हथौडा र सूर्यलाई मतदान गरेका धेरै मत बदर भएको छ।’
रूखमा भोट हाल्नेहरुले त्यति धेरै गल्ति नगरेको श्रेष्ठले जानकारी दिए। ‘बाम गठवन्धनले पनि धेरै मत बदर भएको देखियो,’ मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भने ‘ मतदाता शिक्षा प्रभावकारी बन्न नसकेनछ।’
माओवादीलाई समानुपातिकमा पनि दोब्बर बढी मतमाओवादीको उद्गमथलो रोल्पामा उस्ले अन्य पार्टी भन्दा समानुपातिकमा पनि दोब्बर बढी मत पाएको छ ।
माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन प्रतिनिधिसभामा ४० हजार ६ सय ४७ मत प्राप्त गरेर गर्दा  उनका प्रतिष्पर्धी कांग्रेसका अमरसिंह पुनले जम्मा १९ हजार ९ सय ६ मत पाएका थिए। वर्षमानले  अमरसिंहभन्दा २० हजार ७ सय ४१ मत बढी  मत प्राप्त गरेका थिए । समानुपातिक तर्फपनि माओवादी त्यसैगरी मत प्राप्त गरेको छ । प्रतिनिधिसभा तर्फ माओवादीलाई २६ हजार २ सय २० मत प्राप्त हुँदा नेपाली काँग्रेसलाई १५ हजार ८ सय ४७ र नेकपा एमालेलाई १० हजार ५ सय ४५ मत प्राप्त भएको छ ।
त्यसैगरी प्रदेशसभा १ र २ मा माओवादी केन्द्रले २५ हजार २ सय ६० मत प्राप्त गर्दा नेपाली काँग्रेसले १४ हजार ४ सय १८ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेलाई १० हजार २ सय ७१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।