कोरियाली प्रायद्वीपका दुई देशबीच आज सीमा क्षेत्रमा शिखर वार्ता भइरहेको छ। यो सन् २००७ पछि भएको पहिलो शिखर वार्ता हो। यो वार्तासँगै उत्तर कोरियाली शासक किम जोङ उन दक्षिण कोरिया पुग्ने पहिलो उत्तर कोरियाली शासक बनेका छन्।
शुक्रबार बिहान उनी सीमावर्ती गाउँ पान्मुन्जोम पुगेका थिए। उनलाई स्वागत गर्न दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इन सीमामा पुगेका थिए।
उन आएपछि दुबै देश देशका नेताले आ–आफ्नो भूमिमा टेकेर हात मिलाए। पहिला उनले कुरा गरेका थिए। पछि इनले जवाफ दिए। दुबै नेताको अनुहार हँसिलो देखिन्थ्यो।
हात मिलाएर उन दक्षिण कोरियाली भूमिमा आए। उनीहरुले त्यहाँ हात मिलाएर तस्बिर खिचाए।
दक्षिण कोरियाली राष्ट्रपति इनले उत्तर कोरियाली शासक उनलाई अघि बढौं भन्दै इशारा गरे।
किमले भने इनलाई उत्तर कोरियामा पाइला राख्न आग्रह गरे। किमको आग्रहले इन अलमलिएको जस्तो भिडियोमा देखिन्छ।
एकछिनमा उनले इनको हात समाएर उत्तर कोरियातिर लगे। सीमा नाघेपछि दुई नेताले फेरि हात मिलाए र फोटो खिचाए।
त्यसपछि दुबै नेता फेरि दक्षिण कोरिया आए। शिखर वार्ता हुने शान्तिमा भवनमा पुग्नुअघि दुई नेतालाई परम्परागत सम्मान गारत दिइएको थियो।
https://www.facebook.com/arirangtvnews/videos/1694772467271669/?t=9