वैशाख २३ गते संघीय संसद्को बैठक बस्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो मितिमा बैठक बस्न आह्वान गरिएको हो।
संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको बताइएको छ।
यसअघि गत फागुन २१ गते पहिलो संघीय संसद्को बैठक बसेको थियो।