राष्ट्रिय तथा प्रतिनिधिसभाका नवनियुक्त सचिवद्वय राजेन्द्र फुयाँल र गोपालनाथ योगीले पद तथा गोपनियताको सपथ लिएका छन्।
बुधबार सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिवद्वय फुँयाल र योगीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
संविधानको धारा १०६ को १ मा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुख/अध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ।
सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिवद्वयको नाम सिफारिस गरेका थिए।
[caption id="attachment_154911" align="alignnone" width="1200"]
राष्ट्रियसभाका नवनियुक्त सचिव राजेन्द्र फुँयालले सपथ ग्रहण गर्दै।तस्बिर: नारायण महर्जन[/caption]
योगीको नाम विगतमा ओनसरी घर्तीले पनि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर, राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिफारिस स्वीकृत भएको थिएन। उनै योगीलाई महराले प्रतिनिधि सभामा सिफारिस गरेका हुन्।
सचिवहरूले संसद बैठक सञ्चालनमा सहजीकरण गर्नेछन्। तर, व्यवस्थापनको काम भने गर्न पाउने छैनन्।